कार्तिक १६, २०८१ शुक्रबार | ०५:४८:२३
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

एसिसी यु-१९ प्रियिमर कपः नेपालको सानदार सुरुआत

काठमाडौं । कप्तान देव खनालको शतकप्रेरित नेपालले एसिसी यु-१९ प्रियिमर कपमा सानदार सुरुआत गरेको छ ।  नेपालले मलेसियाको वाइएसडी युकेएम ओभलमा बिहीबार इरानमााथि २ सय ७४ रनको फराकिलो जित निकालेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३०. ५ ओभरमा ७९ रनमै समेटियो ।

इरानका लागि अमिर खोर्सन्दले ३७ र सबिर इब्राहिमपुरले अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सुवास भण्डारी र दीपेश कँडेलले समान ३ तथा हेमन्त धामी र आकाश चन्दले समान २ विकेट लिए ।

त्यसअघि टस हारेरे ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ५३ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि देवले शतक तथा ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धशतक बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान कप्तान देवले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतमा १ सय रन बनाए । यससँगै देव यु-१९ क्रिकेटमा दुई  शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले फेब्रुअरीमा आइसिसी यु-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध एक सय २५ रन बनाएका थिए । 

यसैगरी, ओपनर दिपक बोहराले ५९ बलमा  ४ चौका र २ छक्काकाे मद्दतले  ६५,  दीपक डुम्रेले ४४ बलमा ८ चाैका र २ छक्काकाे मद्दतले  ६९ ,  दीपेश कंडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र  सुवास भण्डारीले अविजित  १८ रन  बनाए । 

देव र दीपकले तेस्रो विकेटको लागि १ सय ६६ तथा  दीपक डुम्रे र दीपेशले पाँचाैं विकेटका लािग ९१ रनकाे साझेदारी गरेका थिए । 

इरानका दाद्रहमान राइसी र सल्मान निआजमान्डले समान  ३ तथा जेइद साइसी र समान शेखीले समान  २ विकेट लिएका थिए ।

नेपालले समूह चरणमा इरानसँगै  बहराइन र साउदी अरेबियासँग खेल्नेछ । आइतबार बहराइनसँग खेल्ने तालिका छ । १६ टोली सहभागी प्रतियोगिताका उत्कृष्ट तीन टोली पाकिस्तानमा तय भएको एसिया कपमा छनोट हुनेछन् ।
 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal