म्यानचेष्टर युनाइटेड

च्याम्पियन्स लिगमा युनाइटेडको खराव प्रदर्शन जारी

काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा खराब प्रदर्शन जारी राखेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाइटेड गालातासारेसँग ३–२ ले पराजित भयो ।

घरेलु मैदान ओल्ड ट्रोफोर्डमा दुई पटकको अग्रता जोगाउन नसक्दा युनाइटेड लगातार दोस्रो हार बेहोर्न बाध्य भएको हो । दुई खेल सम्पन्न हुँदा युनाइटेड बिना अंक पुछारमा छ ।

समूह ‘ए’ को बायर्न म्युनिख दुई खेलबाट सत प्रतिशत जितसहित शीर्षस्थानमा छ । गालातासारे चार अंकसहित दोस्रो र कोबेनहाभन एक अंकसहित तेस्रो स्थानमा छ ।

हजारौं समर्थकमाझ रास्मस होजलुन्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा पुनः युनाइटेड अग्रता बनाउन सफल भयो । रास्मसले गोल गर्दै पुनः ६७औं मिनेट अग्रता २–१ को बनाएका थिए । ७१औं मिनेटमा करिम अक्तुरकोग्लुले गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याएका हुन् ।

७७औं मिनेटमा फाउल गरेपछि कासेमेरोले सिधै रातो कार्ड सामना गर्दा युनाइटेड १० खेलाडीमा सिमित बन्यो । गालातासारेले पेनाल्टी पायो । ७८औं मिनेट माउरो इकाडीले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरेका थिए ।

८१औं मिनेटमा इकार्डीले विजयी गोल गर्दै गालातासारेलाई ३–२ को जित दिलाएका थिए ।

समूहको अर्काे खेलमा बायर्न म्युनिखले कोबेनहाभनलाई २–१ ले हराएको छ ।