अल नासर

लोपार्टे अल नासरमा अनुबन्ध

काठमाडौं । साउदी प्रो-लिगको क्लब अल नासर स्पेनिस रक्षक एमिरिक लोपार्टे अनुबन्ध गरेको छ।

अल नासरले इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट लोपार्टेलाई ३० मिलियन युरोमा भित्र्याएको हो । अल नासर र लोपार्टेबीच तीन वर्षको सम्झौता भएको छ ।

सन् २०२१ मा स्पेनिस क्लब एथलेटको विल्बाओबाट सिटी भित्रिएका थिए । लोपार्टेले १ सय २१ प्रिमियर लिग खेल खेल्दा आठ गोल गरे।

लापार्टेले पछिल्लो समय पहिलो रोजाइमा पर्न संघर्षरत थिए। प्रशिक्षक पेप ग्वार्डिओलाले हाल म्यानुएल एकान्जी र नाथन एकेलाई प्राथमिकतामा राखेका छन्। त्यसमाथि यो सिजन लाइपजिगबाट जेस्को ग्वार्डिओल पनि भित्रिएपछि टोलीमा स्थान बनाउने सम्भावना झन् कठिन बन्ने देखेकाले लोपार्टे साउदी तिर लागेका हुन्।

लोपार्टे यो सिजन अल नासर भित्रिने चौथो खेलाडी हुन् ।  पोर्चुगिज स्टार किस्टियानो रोनाल्डो खेलिरहेको अल नसारले यसअघि साडियो माने, मार्सेलो ब्रोजोभिच र एलेक्स टेल्सलाई अनुबन्ध गरिसकेको छ ।