विश्व एट्लेटिक्स च्याम्पियनसिप

विश्व एथलेटिक्स च्याम्पियनसिपः १ हजार ५ सय मिटर दौडमा केरलाई स्वर्ण

काठमाडौं । इङ्लिस धावक जोस केरले हंगेरीको बुढापेस्टमा जारी विश्व  एथलेटिक्स  च्याम्पियनसिपको पुरुष १ हजार ५ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

केरले टाेकियाे ओलम्पिक च्याम्पियन नर्वेका जाकोब इन्जेब्रिग्ट्सनलाई पछि पर्दै स्वर्ण जितेका हुन् ।

केरले निर्धारित दुरी ३ मिनेट २९.३८ सकेन्डमा पूरा गरे । इन्जेब्रिग्ट्सनले निर्धारित दूरी पार गर्न ३ मिनेट २९.६५ सेकेन्ड खर्चिए । नर्वेकै नर्भे गिल्जे नोर्डासले ३ मिनेट २९.६८ सेकेन्डका साथ कास्य पदक जिते ।  

टाेकियाे ओलम्पिकमा कास्य जितेका केरले पहिलो पटक विश्व च्याम्पियनसिपमा पदक जितेका हुन् । यसअघिका तीन सहभागितामा केर पदकविहिन थिए ।