इङ्लिस प्रिमियर लिग

ग्वार्डिओलाको व्यहारका कारण क्लब छोडेको जिजसको दाबी

लन्डन । ब्राजिलका गाब्रियल जिजसले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको व्यहारका कारण क्लब छोडेको दाबी गरेका छन ।

जिजसले सन् २०२१ को च्याम्पियन्स लिगका खेलमा ग्वार्डिओलाले आफूलाई नियतवश सुरुआती ११ मा नराखेको र सो व्यहारले आफू धेरै रोएको बताए ।

जिजस गत सिजन सिटीबाट पहिलो रोजाईमा धेरै अवसर नपाए को  भन्दै आर्सनल भित्रिएका थिए । आफु उत्कृष्ट लयमा रहे पनि ग्वार्डिओलाले पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्धका खेलमा टोलीमा नराखेको जिजसको दाबी छ । 

‘उनले मेरो स्थानमा जिचेन्कोलाईलाई सुरुआती ११ मा मैदान उतारे’,जिजसले भने,; जबकी एक दिनअघिको अभ्यासमा जिचेन्को सहभागी नै थिएनन ।प्रशिक्षण दौरान मलाई स्ट्राइकरको भुमिका दिइएको थियो । तर खेल दौरान म पहिलो रोजाईमा पर्न असफल रहे । यो घटनाले म धेरै रोए र क्लब छोड्ने निर्णयमा पुगे ।'