एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीको टोली घोषणा

फाइल फोटो

काठमाडाैं ।  साबिक विजेता त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

गत संस्करणमा दुवैतर्फ च्याम्पियन बनेको आर्मीले महिला तथा पुरुष दुवै टोली घोषणा गरेको हो ।

राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण आर्मीको महिला तथा पुरुष दुवै टोलीलाई यसपटक पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ ।

आर्मीको पुरुष टोलीले आसर २३ मा सैलुङ बागढुङ्गा तथा महिला टोलीले असार २४ मा एपिएफसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन् ।

पुरुष टोली

इश्वर थापा (कप्तान), धनबहादुर भट्ट , दुर्गा प्रसाद महतो, हरिहजुर थापा, हरि अधिकारी, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, दुर्गा बहादुर खड्का, शरण समरी क्षेत्री, हृदेयश प्रसाद चौधरी, धनपति कुँवर, मनिष मानन्धर

अफिसियल स् जगत बहादुर सिंह (प्रशिक्षक), ज्ञानेश्वर अधिकारी (सहायक प्रशिक्षक), नरेन्द्र गिरी (व्यवस्थापक)

महिला टोली

कृपा अधिकारी (कप्तान), जानकी भण्डारी, सुनिता खड्का, सरस्वती जैशी, संगम महतो, पुष्पा शाही, सफिया पुन, शान्ति थारु, सृष्टि खड्गी, वसन्ती साउद, भावना डाँगी, सुनिता राई

अफिसियल:  लोकबहादुर बुढा (प्रशिक्षक), भरत भण्डारी (सहायक प्रशिक्षक), जितेन्द्र थापा (व्यवस्थापक)