इङ्लिस प्रिमियर लिग

मार्सियलले एफए कपको फाइनल गुमाउने

लन्डन । म्यानचेस्टर युनाइटेडले ह्यामस्ट्रिङको समस्याका कारण एन्थोनी मार्सियल शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने एफए कपको फाइनलमा टोलीमा नहुने जनाएको छ ।

इङ्लिस प्रिमियर लिगको यस सिजनको अन्तिम खेलमा आइतबार फुलहमविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्सियलको चोट पुनः बल्झिएको हो ।

‘चोटका कारण एन्थोनी मार्सियल शनिबार सिटीविरुद्धको एफए कप फाइनलमा टोलीमा हुनेछैनन’,युनाइटेडले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘आइतबार फुलहमविरुद्ध २-१ को जित निकालेको सिजनको अन्तिम खेलमा उनको चोट बल्झिएको थियो । उनी अझै केही साता मैदान बाहिर रहनेछन ।’

ह्यामस्ट्रिङकै कारण मार्सियालले यस सिजनको सुरुआती दुई खेल गुमाएका थिए । यस सिजन उनले सबैखाले प्रतियोगिता गरि युनाइटेडबाट २९ खेल खेलेका छन । जसमा उनले नौ गोल गरेका छन । 

उनी सन् २०१५ मा लिग वानको क्लब मोनाकोबाट ओल्ड ट्राफोर्ड भित्रिएका थिए ।