लेवान्डोवस्की र हाम्सिकमा निर्भर पोल्यान्ड र स्लोभाकिया

सेन्ट पिट्सबर्ग, (खेलाडी)  रुसको सेन् टपिट्सबर्गमा समूह ‘इ’ को पहिलो खेलमा पोल्यान्ड र स्लोभाकिया आमनेसामने हुँदा यी दुई टोलीका दुई खेलाडी सबैको नजर हुनेमा शंका छैन ।

पोल्यान्डका स्ट्राइकर रोबेर्ट लेवान्डोवस्की सन् २०१२ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिप (युरो २०१२) को पहिलो गोलकर्ता थिए भने त्यसको चार वर्षपछि फ्रान्समा सम्पन्न युरो २०१६मा टोलीलाई क्वार्टरफाइनल सम्मको यात्रा तय गराउदा पनि उनी उत्कृष्ट लयमा थिए । लेवान्डोवस्कीले हालसम्म पोल्यान्डका लागि १ सय १९ खेलमा ६६ गोल गरिसकेका छन् ।

यता स्लोभाकियाको प्रदर्शन पनि महारेक हाम्सिकको प्रदर्शनमा निर्भर हुनेछ । हाम्सिकले सन् २००७ मा पोल्यान्डविरुद्धको खेलबाटै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसैले हाम्सिकका लागि यो खेल विशेष बन्न सक्छ । 

सन् २००९ पछि पोल्यान्ड र स्लोभाकिया आमनेसामने हुन लागेको यो पहिलो पटक हो । स्लोभाकियाको यो ठूला अन्तर्राष्टिय प्रतियोगितामा तेस्रो सहभागिता हो । सन् २०१० को विश्वकप र सन् २०१६ को युरोपियन च्याम्पियनसिपको समूह चरण पार गरेको स्लोभाकिया सोही सफलतालाई निरन्तरता दिन चाहन्छ ।