एएफसी यु-१७ महिला एसियन कप छनोट

इरानसँग नेपाल पराजित

फाइल तस्बिर

काठमाडौं । नेपाल एएफसी यु-१७ महिला एसियन कप छनोट अन्तर्गत बुभबार सम्पन्न पहिलो खेलमा इरानसँग १-० ले पराजित भएको छ ।

जोर्डनको प्रिन्स मोहम्मद मैदानमा खेलको ८१ औं मिनेटमा एरिसा कुह गार्डले गरेको गोल इरानको जितमा निर्णायक बन्यो ।

समूह ‘एच’ को नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली जोर्डनको सामना गर्नेछ । 

यस समूहमा नेपाल, जोर्डन र इरान छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।