युरोपा लिग

म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियाल बेटिसलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ अन्तर्गत बिहीबार राति सम्पन्न दोस्रो लेगमा इङ्लिस क्लब युनाइटेड १-० तथा समग्रमा ५-१ ले विजयी भएको हो ।

बेटिसको मैदानन बेनिटो भिल्लामरिन स्टेडयिममा युनाइटेडलाई जित दिलाउन मार्कुस रास्फोर्डले निर्णायक गोल गरे।

रास्फोर्डले खेलको ५५ औं मिनेटमा कासिमिरोको पासलाई पोस्टको दिशा दिएका थिए ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा युनाइटेडले  ४-१  को जित निकालको थियो ।