चैत्र ११, २०८२ बुधबार | १७:१६:१०
राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली

एलएलएसीः पारसको टोली पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्डस लिग क्रिकेट (एलएलसी) २०२३ मा दोस्रो पराजय ब्यहोरेको छ ।

यस जितसँगै चार खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै जायन्ट्सले फाइनलमा स्थान सुरक्षित  गरेको छ ।  समान खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहेको लायन्सले भने फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नु पर्ने भएको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा एसिया लायन्स वर्ल्ड जायन्ट्ससँग २० रनले पराजित भएको हो ।

जायन्ट्सले प्रस्तुत गरेको एक सय ५१ रनको लक्ष्य पछ्याएको लायन्स १९.१ ओभरमा एक सय ३० रनमै समेटियो ।

लायन्सका लागि तिलकरत्ने दिलशानले ३७, कप्तान साहिद अफ्रिदीले २६, मोहम्मद हफिजले १३ र थिसार परेराले  १२ रन जोडे । पारस १० बलमा आठ रन बनाउँदै रन आउट भए ।

जायन्ट्सका लागि क्रिस मफोफु र टिनो बिस्टले समान तीन तथा ब्रेट ली र स्मिथ पटेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जायन्ट्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै  एक सय ५० रनको योगफल तयार पारेको थियो ।

जायन्ट्सका लागि हासिम अमलाले ५९ बलमा नौ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए । यसैगरी ज्याक कालिसले ४३ बला पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन जोडे ।

तेस्रो विकेटका लागि अमला र कालिसले एक सय पाँच रनको साझेदारी गरे ।

लायन्सका लागि  मोहम्मद आमिर र सोहेल तान्विरले समान एक विकेट लिए ।

लायन्सले अब शनिबार हुने इलिमिनेटर राउन्डमा इन्डिया महाराजासको सामना गर्नेछ ।

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो