सहिद स्मारक ‘ए’ डिभिजन लिग

चर्च ब्वाइज र संकटाबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत चर्च ब्वाइज युनाइटेड र संकटाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा दुवै टोलीले त्यस्तो खतरनाक अक्रमण भने गर्न सकेका छैनन् ।

लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि निरन्तरता दिन चाहन्छ । यसअघि चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१, एफसी खुमलटारलाई ३-१ तथा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थियो ।

संकटा पनि लिगमा लगातार दोस्रो जितको खोजीमा छ । यसअघि विभागीगय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको संकटाले मनाङ मर्स्याङदी क्लबसँग १-० को पराजय ब्यहोर्दा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो ।