वैशाख २८, २०८२ आइतबार | १७:०३:५०
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

म धेरै भन्दा धेरै खेल जित्न चाहन्छुः एनासी

तस्बिरः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनासीलाई सार्वजनिक गरेको छ ।

एन्फाले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै ३८ वर्षीय एनासीलाई पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

सम्मेलनमा एनासीले आफुले नेपाली फुटबललाई दुई तीन वर्ष पछ्याएको र मुख्य प्रशिक्षक बन्नका लागि प्रतिक्षा गरेको बताएका छन् ।

‘नेपालको प्रशिक्षक बन्ने अवसर पर्खिरहेको थिए। केही वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले यहाँ आउने इच्छा थियो,’ एनासीले भने,‘म आफ्नो प्रशिक्षणमा लामो यात्रा तय गर्न चाहन्छु।’

एनासी दुई साता अगाडी नेपाल आइपुगेका थिए । यसबीच भिन्सेन्जोले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाली फुटबल र खेलाडीका बारेमा अध्ययन गरेको बताए ।

‘केही दिनयता मैले लिगमा खेलाडीहरुलाई अध्ययन गरिरहेको छु । खेलाडीहरुमा क्षमता छ । मलाई विश्वास छ यी खेलाडीहरुसँग राम्रो काम गर्न सक्छु,’एनासीले भने,‘भारतीय आई लिगमा लिगमा मैले किरणको खेल हेरे । अब यहाँ धेरैको खेल हेर्नुछ । अहिले जारी लिगले उनीहरुबारे जान्ने अवसर दिएको छ ।’

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले एनासीलाई मुख्य प्रशिक्षमा नियुक्त गरेको हो । एन्फा र एनासीबीच एक वर्षको सम्झौता भएको छ ।

खेलाडी विदेश गएको सन्दर्भमा एनासीले उनीहरुसँग वर्ता गर्ने प्रयास गर्ने र नियमित रूपमा खेलिरहेकालाई मात्र टोलीमा मौका खिने बताए ।

‘हामीले अब टिम निर्माण गर्नुछ । तर टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ बनाउन सकिँदैन। एकै पटक धेरै नयाँ खेलाडीलाई समेटेर मात्र हुँदैन । एकै पटकका भएको टिमलाई परिवर्तन गर्न सकिँदैन । टिम परिवर्तनको प्रक्रिया हुन्छ । तर यसो भनिरहँदा म के पनि भन्न चाहन्छु भने, उपयुक्त खेलाडीले मौका पाउनेछन्,’एनासीले भने‘,टिममा अनुभवी र युवा खेलाडी दुवैलाई मौका दिनेछु । अनुभवी खेलाडीको संगतमा युवा खेलाडी परिपक्व बन्न सक्छन् । विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने कोसिस गर्नेछु । तर प्रतिस्पर्धात्मक प्रतियोगितामा व्यस्त रहेकाले मात्र राष्ट्रिय टिममा मौका पाउनेछन्, विदेशमा नखेली बसेकालाई मौका दिने कुरा आउँदैन । फेरि म आफूले खेलेको देखेको खेलाडीलाई मात्र विश्वास गर्नसक्छु । म अरुको आँखाले होइन, आफ्ना आँखाले देखेका खेलाडीप्रति मात्र ढुक्क हुनसक्छु ।’

यसैगरी एनासीले धेरै भन्दा धेरै जित्ने आफ्नो लक्ष्य हुने बताएका छन् ।

‘मैले आफ्नो प्रशिक्षण करियरमा जितलाई सधैँ महत्त्व दिएको छु। नेपालको प्रशिक्षकका रुपमा मेरो लक्ष्य यही हो, धेरै भन्दा धेरै खेल जित्ने । जितको संख्याका आधारमै मेरो करियर अघि बढ्ने हो । धेरै खेल जित्दा नै नेपालले विगतमा हासिल गर्न नसकेको सफलता हासिल गर्न सक्ने हो’, एनासीले थपे,‘लिगका खेलका आधारमा भन्दा, नेपाली खेलाडी शारीरिक रुपमा बलियो हुन जरुरी छ । अनि लिगको क्यालेन्डर पनि व्यवस्थित बनाउनु पर्ने देखियो । खेलाडीहरु पर्याप्त आराम बिना मैदान उत्रिरहेका छन्। उनीहरु ‘रिकोभर’ हुन सकिरहेका छैनन्। यसरी त खेलाडीहरु घाइते हुने सम्भावना रहन्छ ।  खेलाडी शारीरिक रुपमा बलियो हुन्, ‘ट्याक्टिकल’ पक्षमा त काम गर्न गाह्रो छैन। लिग र नेपाली फुटबलको ‘ट्याक्टिकल’ पक्ष बलियो बनाउन हामी मिलेर काम गर्न सकिन्छ । म यो विषयमा सबै क्लबका प्रशिक्षकसँग कुरा गर्न चाहन्छु ।  मेरो  उदेश्य उनीहरुलाई सिकाउन खोज्ने होइन, कुराकानी र छलफल मात्र गर्ने हो । लिग बलियो भए त राष्ट्रिय टिम बलियो हुन्छ ।’

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP