केपी ओली कप

केपी ओली कपः वर्षाले प्रभावित पहिलो सेमिफाइनल सोमबार हुने

काठमाडौं । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गको आइतबारको खेललाई लामो समयपछि परेको वर्षाले प्रभावित बनाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र आर्मी र सातदोबाटो युथ क्लब प्रतिस्पर्धा गरिरहेका थिए ।

 ५३ औं मिनेटमा रहँदा मेघगर्जनसहित वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तरको वर्षपछि गोलरहित बराबरीको स्थितमा रहेको खेल पुनः सुचारु गर्न सम्भव नभएपछि स्थगित गरिएको थियो ।

आइतबार स्थगित खेल सोमबार बिहान ११ बजे खेलाइने आयोजकले बताएको छ ।

सोमबार दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लब भिड्नेछन् ।