हिसान खेलकुद सप्ताह

हिसान खेलकुद सप्ताहः जेभियर र साइपाल फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत गर्ल्स बास्केटबलमा फाइनलमा प्रवेश गरेका छन् ।

जेभियरले आइतबार हिमालयन ह्वाइटहाउसलाई ३१-१६ ले पराजित गरेको हो । जेभियरको जितमा कृति चौधरी र पासी शेर्पाले समान ६ अंक योगदान गरे । अनिता सुनुवारको १२ अंक सहयोगमा साइपालले रिलायन्सलाई २७-६ ले हरायो ।

यसैगरी ब्वाइज बास्केटबलमा सिसीआरसी र हिमालयन ह्वाइटहाउसले उपाधि भिडन्त पक्का गरेका छन् । 

सिसीआरसीले नवोदितलाई ६१-४८ ले पाखा लगायो । सिसीआरसीका समिप क्षेत्री र प्रनिश तिमल्सिनाले समान १६ अंक जोडे ।ह्वाइटहाउसले गोल्डेनगेटको चुनौतीलाई ५२-२१ ले पन्छायो । विजेताका रोहन मगरले १३ अंक जोडे ।