सन्दीप लामिछाने

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको सर्वोच्च अदालतमा जारी मुद्दालाई हेर्दा हेर्दैमा दाखिएको छ ।

सन्दीपले विदेश जान पाउनुपर्ने माग गर्दै दिएको पुनरावलोकन तथा उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्याािधिवक्ता कार्यालयले दिएको पुनरावेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले आइतबारको सुनुवाई नसकिएपछि मुद्धा हेर्दा हेर्दैमा राखेको हो । सो मुद्दालाई अदालतले सोमबार पनि निरन्तरता दिनेछ ।

नाबालिग बलात्कार मुद्दका आरोपित सन्दीपले आफुलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । यसैगरी सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्याािधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।