पिस प्वाइन्ट कप

पिस प्वाइन्ट कपः छहारी क्वार्टरफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । छहारी पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

छहारीले शुक्रबार सनसाइनलाई १०-० ले पराजित गरेको हो । छहारीलाई सहज जित दिलाउन निशान्त तामाङ र सन्दिप पाख्रिनले ह्याट्रिक पूरा गर्दा अरुण घिसिङले दुई तथा सम्राट तामाङ र राकेश गिरीले समान एक गोल थपे ।

पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनमा भइ रहेको प्रतियोगितामा नोबेल एकेडेमी र क्याम्ब्रिजले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

नोबेलले रिभेरालाई ४-०ले हरायो । नोबेलका साइफोन श्रेष्ठले दुई तथा सुजल श्रेष्ठ र आयुष रावतले समान एक गरे ।

क्याम्ब्रिजले ज्ञान निकेतनलाई २-० ले पाखा लगायो । क्याम्ब्रिजका जेनिश अधिकारी र अश्विन शर्माले समान एक गोल गरेका थिए ।

यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनल आयोजक पिस प्वाइन्ट र लिबर्टी, प्रस्फुटन र सिद्धार्थ बनस्थली, नेपाल तारा र नोबेल तथा छहारी र क्याम्ब्रिजबीच हुनेछ । चारै क्वार्टरफाइनल आइतबार हुनेछ ।