बूढानीलकण्ठ च्याम्पियन

काठमाडौं । बूढानीलकण्ठ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०-१५ ले पराजित गरेको हो। विजयी टोलीका लागि अर्चित थापाले सर्वाधिक ९ स्कोर गरे । अर्चित नै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषित भए ।

शुक्रबारै भएको सेमिफाइनलमा बूढानीलकण्ठले काष्ठमण्डपलाई १७-११ तथा नामीले साइपाललाई २०-१७ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा.शिवा थापालगायतले पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा ११ टोलीले लिग कम नकआउट पद्धतीमा प्रतिस्पर्धा गरेका थिए ।