नेपाल टी–२० लिग

जनकपुरलाई विराटनगरको एक सय ४१ रनको लक्ष्य

काठमाडौं । ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा जनकरपुर रोयल्ससामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको विराटनगर १९.५ ओभरमा एक सय ४० रनमा समेटियो ।  

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी रोहितकुमार पौडेलले ३२,हुसेन टलटले २८ अर्जुन साउदले १८ र   विवेक यादवले १०  रन जोडे । तेस्रो विकेटका लागि रोहित र सिकन्दरले ४२ रनको साझेदारी गरेका थिए ।

जनकपुरका लागि  ललितले पाँच,आदिल अन्सारी र केस्रिक विलियम्सले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

विराटनगर जनकपुर लाई हराउँदे जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अलस्टार्ससँग तीन रनले पराजित भएको थियो ।

यता जनकपुर भने विराटनगरलाई स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । जनकपुरले पहिलो खेलमा  पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजित गरेको थियो।

सोमबार नै सम्पन्न पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको थियो ।