नेपाल टी–२० लिग

जनकपुरको प्रशिक्षकमा उमेश पटवाल

काडमाडौं । नेपाल टी–२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सले  नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाली सकेका उमेश पटवाललाई  मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

जनकपुरले बिहिबार विज्ञप्ति निकाल्दै पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो । पटवालले विसं २०७६ मा करिब आठ महिना नेपालको प्रशिक्षण सम्हालेका थिए ।

यसअघि भारत, युएई र अफगानिस्तानमा काम गरिसकेका पाटवालले एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजको पनि  प्रशिक्षण सम्हालीसकेका छन ।

नेपाल टी–२० लिगमार्फत मुख्य प्रशिक्षक बनेर नेपाल फर्कन पाउँदा उत्साहित छु, पुराना तथा नयाँ खेलाडीसँग काम गर्नका लागि म तयार छु’ पटवालले छन ।

‘नेपाली क्रिकेटसँग राम्रोसँग परिचित पटवालालाई भित्र्याउन पाउँदा हामी निकै उत्साहित छौं । अनुभवी प्रशिक्षकको नेतृत्वमा टोलीले राम्रो प्रर्शन गर्नेमा आशावादी छौं’ जनपुरका मालिक गोभिन्द कान्डेलवालले भनेका छन ।

नेपाल क्रिकेट संघ (क्यानको) आयोजनामा  पुस ८ देखि २६ सम्म हुन लागेको प्रतियोगितामा  जनकपुर रोयल्ससहित, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स,फार वेस्टर्न युनाइटेड,विराटनगर सपर किंग्स र पोखरा एभेन्जर्स गरि ६ टोली सहभागि हुनेछन।

जनकपुरले पुस ९ मा पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।