चैत्र १५, २०८२ आइतबार | १३:३३:५८
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

कतार विश्वकप २०२२ः गोल्डेन बुटका लागि चार खेलाडीबीच कडा प्रतिस्पर्धा


दोहा । विश्व फुटबलको महाकुम्भको रुपमा चिनिने फिफा विश्वको २२ औं संस्करणमा अब मा दुई खेल बाँकी छन ।

कतारमा जारी प्रतियोगिताअन्तर्गत अब बाँकी खेलमा शनिबार क्रोएसिया र मोरोक्कोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दा आइतबार साबिकको विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा भिड्नेछन ।

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसिया तथा फ्रान्सले मोरोक्कोलाई हराएका थिए ।

त्यस्तै प्रतियोगितामा अन्त्यतर्फ आइपुग्दा सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि फाइनलमा पुगेका दुई टोलीका चार खेलाडीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

हाल ‘गोल्डेन बुट’ दौडमा लियोनल मेसी  र किलियन एमबाप्पे संयुक्त रुपमा शीर्ष स्थानमा रहँदा उनीहरुलाई ओलिभर जिरौउड र जुलियन अल्भारेजले पछ्याइ रहेका छन ।

   लियोनेल मेसी–पाँच 

लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्न अभियानमा छ ।

आफ्नो खेल जिवनको अन्तिम विश्वकप खेलिरहेका  मेसी उत्कृष्ट लयलाई कामय राख्दै पाँच गोलका साथ गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्स तथा सेमिफाइनलमा क्रोएसिया विरुद्ध समान एक गोल गरेका थिए ।

मेसीले तीन गोलका लागि अवसर पनि सिर्जना गरेका छन । 
 

किलियन एमबाप्पे–पाँच गोल

फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित संयुक्त रुपमा शीर्ष स्थानमा छन ।

पिएसजी बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन ।

समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए ।
 

एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।


ओलिभर जिरौउड–चार गोल

फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन ।

एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए ।

करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।

जुलियन अल्भारेज

अर्जेन्टिनाका युवा  स्ट्राइकर जुलियन अल्भारेजले आफ्नो डेब्यु विश्वकपमै राम्रो प्रभाव छाड्न सफल भएका छन ।

म्याचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने २२ वर्षिय अल्भारेजले जारी विश्वकपमा चार गोल गरेका छन ।

अल्भारेजले  समूह चरणमा पोल्यान्ड तथा अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध समा एक तथा सेमिफाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो