चैत्र १८, २०८२ बुधबार | १३:५३:५७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

मेसीसँग कुनै डर छैनः थियो हर्नान्डेज

दोहा । फ्रान्सका रक्षक थियो हर्नान्डेजले  अर्जेन्टिनाका कप्तान  लियोनल मेसीसँग कुनै डर नरहेको बताएका छन ।

बुधबार सम्पन्न दोस्रो मोरोक्कोलाई २–० ले हराउँदै कतार विश्वकप २०२२ को फाइनल पुगेको साबिकको विजेता फ्रान्स उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

‘अब फाइनलको बारेमा सोच्नुपर्छ । हामी मेसीसँग डराउँदैनौं, तर अर्जेन्टिना एक उत्कृष्ट टोली हो’ हर्नान्डेजले भने‘ फाइनलका लागि योजना बनाउनका लागि हामीसँग दुई दिन छ ।’

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल आइतबार लुसेल स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिकको उपविजेता क्रोएसियालाई हराउँदा ३–० ले हराउँदै फाइनल पुगेको थियो । कप्तान मेसीले यो अन्तिम विश्वकप खेल हुने बताएका छन त्यसैले अर्जेन्टिना उपाधिका साथ मेसीको सुखद बिदाई गर्न चाहन्छ ।

‘मेसीको यो अन्तिम विश्वकप खेल भएकाले उनीहरु आफ्नो शतप्रतिशत दिने छन, त्यसैले फाइनल निकै रोमाञ्चक हुने मेरो अनुमान छ’ हर्नान्डेजले भने‘ उपाधि रक्षा गर्ने लक्ष्यमा रहेकाले हामी जसरी पनि मेसीलाई रोक्ने कोशिस गर्नेछौं । तर मेसी मात्र होइन अर्जेन्टिना टोली नै उत्कृष्ट छ । हामीले पूरौ टोलीका लागि विशेष योजना बनाउनुपर्छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो