नेपाली क्रिकेट

नेपालविरुद्ध युएईको मध्यम सुरुआत

काठमाडौं । युएईले नेपालविरुद्धको पहिलो एक दिवसीय खेलमा मध्यम सुरुआत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २१ ओभरमा १०१–२ को स्थितीमा खेलिरहेको छ ।

ओपनर अरविन्द अविजित ३२ र रोहन मुस्तफा अविजित १० रनमा खेलिरहेका छन् ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे । 

१५औं ओभरमा नेपालका गुल्सन झाले वासिम र कप्तान रिजवानलाई पबेलियनको बाटो देखाएका थिए ।
नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ ।

शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । उनी शुक्रबार मात्र कप्तानमा नियुक्त भएका थिए । 

युएईविरुद्धको खेलसँगै अर्जुन साउद र हरी शंकर शहले नेपालबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।