ट्वान्टी२० विश्वकप क्रिकेट

भारतको सहज जित

सिड्नी। आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा भारतले जिम्बाब्वेमाथि ७१ रनको सहज जित निकालेको छ । 

सुपर १२ को अन्तिम खेलमा भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन मात्र जोड्यो ।

जिम्बाब्वेका रेयान ब्रुलले ३५ र सिकन्दर राजाले ३४ रन जोडे ।अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । 

भारतका रवीचन्द्रन आश्विनले ३, मोहम्मद सामी र हार्दिक पाण्डेयाले समान २ तथा भुवनेश्वर कुमार  र अर्शदिप सिंहले समान १ विकेट लिए ।

ग्रुप टु को विजेता भारतले ५ खेलमा ८ अंक जोड्यो । सेमिफाइनलमा भारतले ग्रुप वानको उपविजेता इङल्यान्डको सामना गर्नेछ । ६ अंकसहित ग्रुप टु को उपविजेता बनेको पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गर्यो ।

भारतका लागि ओपनर राहुलले ३५ बलमा ३ चौका र ३ छक्कामद्दतमा ५१ रन जोड्दा सुर्यकुमार यादवले २५ बलमा ६ चौका र ४ छक्कामद्दतमा अविजित ६१  जोडे । त्यस्तै  विराट कोहलीले २५ बलमा २ चौकामद्दतमा २६ रन जोडे

जिम्बाब्वेका सेन विलियम्सले २ तथा सिकन्दर राजा र ब्लेसिङ मुजाराबानीले समान १ विकेट लिए ।