विद्यालय खेलकुद

सोमबारबाट रेडिअन्ट बास्केटबल

काठमाडौं । रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२-१२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज÷सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट प्रणालीमा प्रतियोगिता खेलाइने छ ।

सिनियर ब्वाइज÷गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट साविक विजेता हुन् । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।