सुरेश रैना

सुरेश रैनाद्वारा सबैखाले क्रिकेटबाट संन्यासको घोषणा

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर सुरेश रैनाले सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

रैनाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट संन्यास लिएको सार्वजनिक गरे । रैनाले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गरेका छन् ।

यसअघि रैनाले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

रैनाले पछिल्लो पटक सन् २०२१ मा चेन्नई सुपर किङ्ग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका थिए ।

उनले भारतको राष्ट्रिय टिमबाट १८ टेस्ट, दुई सय २६ ट्वान्टी २० र ७८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।