पुस १९, २०८२ आइतबार | ११:१८:५५
राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने आर्सनलको कमब्याक जित, ६ अंकको अग्रता दूरी बढाउँदै बार्सिलोना कैलाली जिल्लास्तरीय फुटबल: संघर्ष र फारवेस्ट विजयी अस्ताए नेपाली बक्सिङका हस्ती थापा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन रवीन्द्र ढाँट ब्रान्ड हाउसको ब्रान्ड एम्बासडर पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने आर्सनलको कमब्याक जित, ६ अंकको अग्रता दूरी बढाउँदै बार्सिलोना कैलाली जिल्लास्तरीय फुटबल: संघर्ष र फारवेस्ट विजयी अस्ताए नेपाली बक्सिङका हस्ती थापा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन रवीन्द्र ढाँट ब्रान्ड हाउसको ब्रान्ड एम्बासडर पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

एनभिए महासचिवमा श्रेष्ठको ‘सरप्राइज’ उम्मेदवारी

काठमाडौं । साउन ५ गते मिति घोषणा भएको नेपाल भलिबल संघको चुनावी साधारण सभा आउन चार दिन अघिसम्म चुनाव हुने–नहुने निश्चित थिएन ।

अध्यक्ष र महासचिवमा एक–एक उम्मेदवारीबाहेक अरुले घोषणा गरेका थिएनन् । तर, आइतबार अध्यक्षको उम्मेदवारीका लागि आयोजित कार्यक्रममा रोशन श्रेष्ठले अप्रत्यासितरुपमा महासचिवमा दाबेदारी सार्वजनिक गरे ।

संघमा लगभग २० वर्ष सदस्य पदमा बिताएका श्रेष्ठ २०६२ साउन चार गते खेलकुद परिषद्को तदर्थ समितिको रुपमा आएका थिए । २०६४ सालमा पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दा श्रेष्ठले ८६ भोटसहित सदस्य पदमा संघमा निर्वाचित भए ।

पर्यटन व्यवसायी श्रेष्ठ भलिबल विकासको लागि नेतृत्वमा आउन चाहेको बताउँछन् ।

‘भलिबलबाट पैसा कमाउन आएको होइन । यसको विकासका लागि र भबिलमै योगदान गर्नुपर्छ भनेर लागि परेको हुँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको भलिबल प्रतिष्ठा बढाउनु पर्छ भनेर यो उम्मेदवारी मेरो आफ्नै निर्णय हो,’ उनले भने, ‘संघमा आएपछि सकेसम्म सबैलाई सँगै लिएर हिड्नेछु ।  सबैलाई भलिबलमा जोड्छु भन्ने मेरो विश्वास छ ।’

भोजपुर स्थायी घर भएका श्रेष्ठ २०३७ सालमा जिल्ला भलिबल टिमका कप्तान थिए । त्यहींबाट पुल्चोक इन्जिनियरिङ कलेजमा आएका श्रेष्ठले पहिलो पटक राष्ट्रिय प्रतियोगिताकोरुपमा अन्तर कलेज भलिबल प्रतियोगितामा खेलेका थिए । सो प्रतियोगितामा उनी ‘उत्कृष्ट खेलाडी’समेत घोषित भए ।

भलिबल खेलाडीको रुपमा उनले आफ्नो जीवन त्यागे पनि सधैँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहीं वरिपरि घुमिरहेका श्रेष्ठ अब नेतृत्वमा आउन आतुर छन् । त्यही योगदानलाई आधिकारिक रुपमा संघबाट सहयोग पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

बागमती अञ्चलबाट जुम्लामा हुने १२औं राष्ट्रिय भलिबल प्रतियोगिताको लागि छनोट नभएपछि लुम्बिनी अञ्चल पुगेका श्रेष्ठ त्यहाँबाट छनोट भए । र, प्रतियोगितामा सहभागी भएको उनले सुनाए ।

भलिबल खेलाडीको रुपमा आफ्नो मध्यम समय बिताएका श्रेष्ठले भलिबललाई कहिल्यै पेशा बनाउन चाहेनन् । त्यतिबेला ‘आयल निगम’ को टिमबाट खेलेर जागिर खान प्रस्ताव आए पनि स्वीकार नगरेको उनी बताउँछन् ।

भलिबल खेलाडीको रुपमा उनले आफ्नो जीवन त्यागे पनि सधैँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहीं वरिपरि घुमिरहेका श्रेष्ठ अब नेतृत्वमा आउन आतुर छन् । त्यही योगदानलाई आधिकारिक रुपमा संघबाट सहयोग पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

‘धेरै वर्षपछि भलिबल राष्ट्रिय खेलको रुपमा घोषणा भएको छ । संघका धेरै चुनौतीहरु छन् । म पर्यटन व्यवसायीको रुपमा काम गरेपनि भलिबललाई जति सक्दो निस्वार्थ रुपमा सहयोग गरिरहेको छु,’ श्रेष्ठ भन्छन्, ‘संघको चुनौती ‘फेस’ गर्न तयार छु । जितेन्द्रजीको टिममा महासचिव पदबाट गर्न सक्ने गर्छु भनेर मौकाको फाइदा लिएको हुँ ।’

महासचिव चन्दको प्यानलबाट उम्मेदवारीको घोषणा दिएका श्रेष्ठले भलिबलको आफ्नै कभर्डहल बनाउने चुनौतीलाई आफ्नो कार्यकालमा पुरा गरेरै छोड्ने प्रतिबद्धता गरे ।

‘राष्ट्रिय खेल भइसकेपछि अन्तर्राष्ट्रिय स्तरमा पनि जानुपर्छ । हामीलाई चुनौती छ । राष्ट्रिय स्तरको कभर्डहल बनाउनुपर्छ,’ उनले भने, ‘सबैको मन–मनमा भलिबल पुर्याएर समर्थन लिएर कभर्डहल बनाउने चुनौती हो ।’

बुधबार हुने संघको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहनेमा श्रेष्ठ विश्वस्त देखिन्छन् ।

यसअघि अध्यक्षमा निरोज मास्के र महासचिव पदमा मनवीर छन्त्यालले उम्मेदवारीको घोषणा गरिसकेका छन् । तर, भलिबल विकासको लागि सबैजना सर्वसम्मत रुपमा अघि बढे राम्रो हुने उनको प्रतिक्रिया छ ।

‘मैले लामो समयदेखि भलिबलमा के योगदान गरेको छु भनेर सबै साथीलाई थाहा छ । त्यसैले म जित्नेमा विश्वस्त छु । २० वर्षदेखि महासचिव पदको आकांक्षी भएर लागेको हैन । सर्वसम्मत गर्नका लागि अझै लागि परिरहेको छु,’ उनले भने, ‘नतिजा के आउँछ भनेर बोलेर केही हुँदैन । नतिजा निकाल्ने काममा हामी लाग्छौ ।’


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC