चैत्र ८, २०८२ आइतबार | ०६:२२:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एनभिए महासचिवमा श्रेष्ठको ‘सरप्राइज’ उम्मेदवारी

काठमाडौं । साउन ५ गते मिति घोषणा भएको नेपाल भलिबल संघको चुनावी साधारण सभा आउन चार दिन अघिसम्म चुनाव हुने–नहुने निश्चित थिएन ।

अध्यक्ष र महासचिवमा एक–एक उम्मेदवारीबाहेक अरुले घोषणा गरेका थिएनन् । तर, आइतबार अध्यक्षको उम्मेदवारीका लागि आयोजित कार्यक्रममा रोशन श्रेष्ठले अप्रत्यासितरुपमा महासचिवमा दाबेदारी सार्वजनिक गरे ।

संघमा लगभग २० वर्ष सदस्य पदमा बिताएका श्रेष्ठ २०६२ साउन चार गते खेलकुद परिषद्को तदर्थ समितिको रुपमा आएका थिए । २०६४ सालमा पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दा श्रेष्ठले ८६ भोटसहित सदस्य पदमा संघमा निर्वाचित भए ।

पर्यटन व्यवसायी श्रेष्ठ भलिबल विकासको लागि नेतृत्वमा आउन चाहेको बताउँछन् ।

‘भलिबलबाट पैसा कमाउन आएको होइन । यसको विकासका लागि र भबिलमै योगदान गर्नुपर्छ भनेर लागि परेको हुँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको भलिबल प्रतिष्ठा बढाउनु पर्छ भनेर यो उम्मेदवारी मेरो आफ्नै निर्णय हो,’ उनले भने, ‘संघमा आएपछि सकेसम्म सबैलाई सँगै लिएर हिड्नेछु ।  सबैलाई भलिबलमा जोड्छु भन्ने मेरो विश्वास छ ।’

भोजपुर स्थायी घर भएका श्रेष्ठ २०३७ सालमा जिल्ला भलिबल टिमका कप्तान थिए । त्यहींबाट पुल्चोक इन्जिनियरिङ कलेजमा आएका श्रेष्ठले पहिलो पटक राष्ट्रिय प्रतियोगिताकोरुपमा अन्तर कलेज भलिबल प्रतियोगितामा खेलेका थिए । सो प्रतियोगितामा उनी ‘उत्कृष्ट खेलाडी’समेत घोषित भए ।

भलिबल खेलाडीको रुपमा उनले आफ्नो जीवन त्यागे पनि सधैँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहीं वरिपरि घुमिरहेका श्रेष्ठ अब नेतृत्वमा आउन आतुर छन् । त्यही योगदानलाई आधिकारिक रुपमा संघबाट सहयोग पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

बागमती अञ्चलबाट जुम्लामा हुने १२औं राष्ट्रिय भलिबल प्रतियोगिताको लागि छनोट नभएपछि लुम्बिनी अञ्चल पुगेका श्रेष्ठ त्यहाँबाट छनोट भए । र, प्रतियोगितामा सहभागी भएको उनले सुनाए ।

भलिबल खेलाडीको रुपमा आफ्नो मध्यम समय बिताएका श्रेष्ठले भलिबललाई कहिल्यै पेशा बनाउन चाहेनन् । त्यतिबेला ‘आयल निगम’ को टिमबाट खेलेर जागिर खान प्रस्ताव आए पनि स्वीकार नगरेको उनी बताउँछन् ।

भलिबल खेलाडीको रुपमा उनले आफ्नो जीवन त्यागे पनि सधैँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहीं वरिपरि घुमिरहेका श्रेष्ठ अब नेतृत्वमा आउन आतुर छन् । त्यही योगदानलाई आधिकारिक रुपमा संघबाट सहयोग पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

‘धेरै वर्षपछि भलिबल राष्ट्रिय खेलको रुपमा घोषणा भएको छ । संघका धेरै चुनौतीहरु छन् । म पर्यटन व्यवसायीको रुपमा काम गरेपनि भलिबललाई जति सक्दो निस्वार्थ रुपमा सहयोग गरिरहेको छु,’ श्रेष्ठ भन्छन्, ‘संघको चुनौती ‘फेस’ गर्न तयार छु । जितेन्द्रजीको टिममा महासचिव पदबाट गर्न सक्ने गर्छु भनेर मौकाको फाइदा लिएको हुँ ।’

महासचिव चन्दको प्यानलबाट उम्मेदवारीको घोषणा दिएका श्रेष्ठले भलिबलको आफ्नै कभर्डहल बनाउने चुनौतीलाई आफ्नो कार्यकालमा पुरा गरेरै छोड्ने प्रतिबद्धता गरे ।

‘राष्ट्रिय खेल भइसकेपछि अन्तर्राष्ट्रिय स्तरमा पनि जानुपर्छ । हामीलाई चुनौती छ । राष्ट्रिय स्तरको कभर्डहल बनाउनुपर्छ,’ उनले भने, ‘सबैको मन–मनमा भलिबल पुर्याएर समर्थन लिएर कभर्डहल बनाउने चुनौती हो ।’

बुधबार हुने संघको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहनेमा श्रेष्ठ विश्वस्त देखिन्छन् ।

यसअघि अध्यक्षमा निरोज मास्के र महासचिव पदमा मनवीर छन्त्यालले उम्मेदवारीको घोषणा गरिसकेका छन् । तर, भलिबल विकासको लागि सबैजना सर्वसम्मत रुपमा अघि बढे राम्रो हुने उनको प्रतिक्रिया छ ।

‘मैले लामो समयदेखि भलिबलमा के योगदान गरेको छु भनेर सबै साथीलाई थाहा छ । त्यसैले म जित्नेमा विश्वस्त छु । २० वर्षदेखि महासचिव पदको आकांक्षी भएर लागेको हैन । सर्वसम्मत गर्नका लागि अझै लागि परिरहेको छु,’ उनले भने, ‘नतिजा के आउँछ भनेर बोलेर केही हुँदैन । नतिजा निकाल्ने काममा हामी लाग्छौ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो