एक दिवसीय

नेपाल र जिम्बावे ए बीचको एकदिवसीय शृंखला आजबाट

काठमाडौं । जिम्बावे 'ए' विरुद्धको पहिलो एक दिवसीय खेलमा मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । 

गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी२० शृंखला आयोजना गरेको थियो ।

तीन ट्वान्टी २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो । खेल बिहान नौ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।