नेपाल

श्रीलंका नेभीलाई नेपालले दियाे दुई सय १५ रनको लक्ष्य

काठमाडौं । नेपालले पहिलो अभ्यास खेलमा सोमबार श्रीलंका नेभीलाई दुई सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

श्रीलंका नेभीविरुद्ध टस जितेर ब्याटिङर रोजेको नेपालले पहिला अध्यास खेलमा नेपाल ३७.१ ओभरमा दुई सय १४ रनमा सीमित भयो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन जोड्दा ओपनर आसिफ शेखले ३६ रन जोडे ।

३५ रन जोड्दा नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमायो । भुर्तेलले १३ रन बनाए । थप आठ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेटको रुपमा गुमायो । ज्ञानेन्द्रले मात्र २ रन जोडे ।

७९ रन जोड्दा आसिफलाई तेस्रो विकेटको रुपमा गुमाएको नेपालले थप ५ रन जोड्दा रोहितलाई गुमायो । रोहितले १३ रन जोडे ।

त्यस्तै विनोद भण्डारीले २२, कमलसिंह ऐरीले १६ र कप्तान सन्दिप लामिछानेले ११ रन जोडे ।

श्रीलंकाका लागि अरबिन्दा अर्कुगोडाले ९.१ ओभरमा एक मेडनसहित ५९ रन खर्चेर चार विकेट लिए । त्यस्तै अवाट्ले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए ।

नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।