दीपेन्द्रसिंह ऐरी

दीपेन्द्र युएईको गल्फ जायन्ट्समा अनुबन्ध

फाइल फोटो

काठमाडौं । इन्टरनेसनल लिग ट्वान्टी २०को फ्रेन्चाइजी टोली गल्फ जाइन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गरेको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई)को लिग खेल्ने गल्फ जायन्ट्सको स्काउटिङ टोलीले राष्ट्रिय टोली तथा विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दीपेन्द्रलाई छनोट गरेको जनाएको छ ।

सम्झौतापछि दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्ट्समा सामेल हुन पाउँदा सम्मानित महसुस गरेको बताएका छन् ।

‘इन्टरनेसनल लिग ट्वान्टी २० मा गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित महसुस गरिरहेकाे छु। यो एक सुनाैलाे अवसर हो,  म टोलीको सफलतामा योगदान गर्न उत्सुक छु,’दीपेन्द्रले भने,‘मलाई विश्वास गरेकोमा टोलीलाई धन्यवाद । फ्रेन्चाइजले मेरो क्षमताप्रति देखाएको विश्वासलाई मैदानमा प्रमाणित गर्न चहान्छु ।  आफ्नोतर्फबाट सतप्रतिसत दिनेछु ।’

इन्टरनेसनल लिग ट्वान्टी २०मा आठ खेल खेल्दा आठ अंकका साथ गल्फ जायन्ट तेस्रो स्थानमा छ । साबिक विजेता गल्फले बिहीबार राति एमआइ ईमिरेट्सको सामना गर्दैछ ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल ट्वान्टी २० लिग पनि खेलिसकेका छन् ।