मोन्टी देशाई

शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास छः प्रशिक्षक देशाई

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले विशेष तयारी नभए पनि क्यानडासँगको शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास ब्यक्त गरेका छन् ।

क्यानडासँगको शृंखलाअघि बुधबार आयोजजित पत्रकार सम्मेलनमा देशाईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रधानमन्त्री कप आयोजना हुनु राम्रो पक्ष हो । क्यानले यसपटक नयाँ शैलीमा प्रतियोगिता आयोजना गरेर राम्रो गर्यो । तीनवटा मैदानमा खेल भयो । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याएको छ । टोलीमा नयाँ खेलाडी आएका छन्,’ देशाईले भने,‘ शृंखलाका लागि भनेर दुई दिनमात्र अभ्यास गर्न पाइयो तर पनि उत्साहित छौं । शृंखला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास छ ।’

नेपालले घरेलु भुमिमा क्यानडासँग तीन खेलको शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेल बिहीबार हुनेछ ।

क्यानडसँगको शृंखलाका लागि प्रशिक्षक देशाईले आकाश, चन्द, हेमन्त धामी र रिजन ढकाललाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका छन् । यसैगरी अनिल साह र पवन सराफले पुनरागमन गरेका छन् ।

क्यानडासँगको शृंखलाका लागि घोषित टोली

रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह