आइसिसी यु–१९ एकदिवसीय विश्वकप

उदय र सचीनको कीर्तिमानी साझेदारी नेपालका लागि घातक बन्दै

काठमाडौं । आइसिसी यु-१९ एकदिवसीय विश्वकपको सुपर सिक्समा नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ६२ रन हुँदा सुरुआती क्रमका तीन ब्याटरलाई आउट गरेको थियो । तर, त्यसपछि नेपालले विकेट लिन सकेको छैन ।

अहिले क्रिजमा रहेका कप्तान उदय सहरन र सचीन दासको कीर्तिमानी साझेदारी नेपालका लागि घातक बन्दै गएको छ । चौंथो विकेटका लागि उदय र सचीनले १३५ रनको साझेदारी पूरा गरिसकेका छन् । यी दुई खेलाडीले शिखर धवन र सुरेश रैनाका नाममा रहेको चौंथो विकेटको कीर्तिमानी साझेदारी तोडेका हुन् । २००४ मा भएको यु-१९ विश्वकपमा रैना र धवनले १३४ रनको साझेदारी गरेका थिए ।

३८ ओभरमा भारतले २०० रनको आँकडा पूरा गरिसकेको छ ।

भारतका ओपनर आदर्श सिंह १८ बलमा ४ चौक्काको मद्धतमा २१ रन बनाउँदै गुल्सन झाको शिकार बने । त्यस्तै अर्का ओपनर आर्शिन कुल्कर्नीलाई आकाश चन्दले पेमिलियन फर्काए । आर्शिनले ३० बलमा २ चौक्काको मद्धतमा मात्र १८ रन बनाए । त्यस्तै तेस्रो नम्बरमा आएका प्रियांशु मोलिया ३६ बलमा १ चौक्कासहित १९ रन बनाउँदै दीपक डुम्ब्रेबाट रनआउट भए ।

क्रिजमा रहेका सचीनले ७८ बलमा ८६ रन बनाइसकेका छन् भने उनलाई कप्तान उदयले साथ दिइरहेका छन् । सचीन ८७ रनमा अविजित छन् ।