आइसिसी एकदिवसीय विश्वकप

इङ्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

काठमाडौं । डिभोन कोन्व र रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इङ्ल्यान्डविरुद्ध ९ विकेटको सहज जित निकालेको छ ।

भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि कोन्वेले १ सय २१ बलमा १९ चौका र ३ छक्कको मद्दतले अविजित १सय ५२ रन बनाए ।  उनलाई रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्काको मद्दतले अविजित १ सय २२ रन बनाउँदै साथ दिए ।

दोस्रो विकेटका लागि कोन्वे र रविन्द्रले अविजित २ सय ७३ रनको साझेदारी गरेका थिए  ।

इङ्ल्यान्डका लागि १ मात्र विकेट साम करनले लिए ।

त्यसअछि टस टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि जो रुटले ८६ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी कप्तान जोश बट्लरले ४३, जोनी बेयरिस्टाले ३३, ह्यारी ब्रकले २५ र लियम लिभिङ्गस्टोनले २० रन बनाए ।

पाँचौ विकेटका लागि रुट र बट्लरले ७० रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ३, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ तथा ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले समान १ विकेट लिए ।