आइसिसी लिग टु

युएईले दियो पिएनजीलाई ९८ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) ले पपुवा न्युगिनी (पिएनजी) सामू ९८ रनको सामन्य लक्ष्य प्रस्तुत गरेको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनको योगफत तयार पारेको थियो ।

युएईका लागि वृत्य अरविन्दले २६, माेहम्मद वसिमले १९ र कप्तान सिपी रिजवाने १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउ सकेनन् ।

पिएनजीका लागि राइली हिकुरेले पाँच,चाड सोपरले तीन तथा चार्ल्स अमिनीले एक विकेट लिए ।

यसअघि पिएनजीले नेपालसँग चार र तीन विकेटको पराजय ब्यहोर्दा युएईलाई एक सय ३१ रनले पराजित गरेको थियो ।

युएईले भने नेपाललाई ६८ रनले पराजित गरेको थियो । 

लिग टुमा युएई ३० खेलमा ३२ अंकका साथ पाँचौ स्थानमा रहँदा पिएनजी ३१ खेलमा सात अंकका साथ सातौ स्थामा छ ।

लिग टुका सबै खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थान तथा ४४ अंकसहित दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । तेस्रो स्थानको टोलीले पनि विश्वकप छनोट खेल्ने भएकाले त्यसका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबियाको ३९, पाँचौ स्थानको अमेरिकाको ३५ र छैटाैं स्थानको नेपालले ३१ खेलमा ३० अंक जोडेको छ ।  नामिबिया र अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेका छन् । पिएनजी र नेपालले समान पाँच तथा युएईले ६ खेल खेल्न बाँकी छ ।