अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र रजत

काठमाडौं । नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान दुई स्वर्ण र रजत पदक जितेको छ ।  

श्रीलंकाको रतनापुरा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलीले स्वर्ण पदक जितेका हुन् ।

यसैगरी पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदक प्राप्त गरे । मार्च ४ मा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकागरी पाँ राष्ट्रको सहभागिता  थियो ।

नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम ब्यबस्थापकमा जेनिश पन्थी थिए ।