टाइगर कप भलिबल

गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं । पोखरामा सम्पन्न टाइगर कप पुरुषतर्फको उपाधि हेल्प नेपाल र महिलातर्फको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा परिषरमा भएको फाइनलमा हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले घरेलु टोलीलाई दबाबमा राखेको थियो ।

खेलको पहिलो र दोस्रो सेट हेल्प नेपालले २५–१३ र २४–१८ ले जितेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा घरेलु टोली २६–२४ ले विजयी भयो । चौथो सेटमा हेल्प नेपाल २५–१७ ले विजयी भएको हो ।

महिलातर्फको फाइनलमा एपिएफले चन्द्रागिरी नगरपालिकाको न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो ।

यससँगै एपिएफले टाइगर कपमा ह्याट्रिक उपाधि जितेको हो । राष्ट्रिय टोलीका सरस्वती चौधरी, निरुता ठगुन्ना लगायत खेलाडीको साथ पाएको एपिएफले खेल २५–२०, २५–१८  र २५–२१ ले जित्यो ।

प्रतिभा माली, सलिना श्रेष्ठसम्मिलित न्यु डायमन्डको उपविजेतामा सिमित बनेको छ । यसैगरी टाइगर कपको पुरुषतर्फ एपिएफ क्लब तेस्रो भएको छ । एपिएफले बिहान भएको खेलमा श्रीलंका आर्मीलाई ३–० को सोझो सेटमै आएको थियो ।