माघ १६, २०८२ शुक्रबार | १८:११:२९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

अन्नपूर्ण आरसिटीले ग्रासरुट फुटबल प्रशिक्षण गर्दै

काठमाडौं । अन्नपूर्ण आरसिटीले काठमाडौं महानगरपालिकाको सहयोगमा ग्रासरुट फुटबल प्रशिक्षण गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा ६ महिना चल्ने छ ।  

प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुने प्रशिक्षणमा आठ देखि १४ वर्षसम्मका बाल बालिकाले भाग लिन सक्ने छन् ।

 प्रशिक्षणमा सय जनाको सहभागिता रहनेछ । प्रशिक्षक एनसेल फुटबल मैदान लैनचौर र बाँसबारी खेल मैदानमा हुनेछ ।

 ‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,’ अन्नपूर्ण आरसिटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने ।

उनले थपे, ‘नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो प्रशिक्षणले त्यसको पूर्तिका लागि मदत गर्ने विश्वास छ । यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेका छौं ।’ प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्ने छन् ।

यस्तै उनको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र दामोदर सिल्पकार पनि रहनेछन् । प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ । घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसिटीले औपचारिक रूपमा ग्रासरुट ट्रेनिङको आयोजना गर्न लागेको यो पहिलो पटक हो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।