चैत्र १४, २०८२ शनिबार | ०७:३६:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्नपूर्ण आरसिटीले ग्रासरुट फुटबल प्रशिक्षण गर्दै

काठमाडौं । अन्नपूर्ण आरसिटीले काठमाडौं महानगरपालिकाको सहयोगमा ग्रासरुट फुटबल प्रशिक्षण गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा ६ महिना चल्ने छ ।  

प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुने प्रशिक्षणमा आठ देखि १४ वर्षसम्मका बाल बालिकाले भाग लिन सक्ने छन् ।

 प्रशिक्षणमा सय जनाको सहभागिता रहनेछ । प्रशिक्षक एनसेल फुटबल मैदान लैनचौर र बाँसबारी खेल मैदानमा हुनेछ ।

 ‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,’ अन्नपूर्ण आरसिटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने ।

उनले थपे, ‘नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो प्रशिक्षणले त्यसको पूर्तिका लागि मदत गर्ने विश्वास छ । यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेका छौं ।’ प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्ने छन् ।

यस्तै उनको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र दामोदर सिल्पकार पनि रहनेछन् । प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ । घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसिटीले औपचारिक रूपमा ग्रासरुट ट्रेनिङको आयोजना गर्न लागेको यो पहिलो पटक हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो