आयशालाई एसिया स्तरको प्रतियोगितामा कांस्य

काठमाडौं, (खेलाडी)- नेपाली तेक्‍वान्दोकी स्टार खेलाडी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । 

विश्‍व तेक्‍वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनिको उमेर समूहमा कांस्य पदक जितेको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ ।

उक्त स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले स्वर्ण पदक जित्दा हङकङकी चेङले रजत पदक जितेकी थिइन । 

प्रतियोगितामा आयशासँगै नेपालबाट शिशिर श्रेष्‍ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमाल, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सितना मादेन, स्यामुअल तामाङ, आश्‍विन राई, उज्ज्वल घले, इश्‍वर सेढाई र दीपेन्द्र गुरुङले पनि सहभागिता जनाएका थिए ।