माघ १७, २०८२ शनिबार | १२:५१:१३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेका थिए ।

जिल्ला समन्वय समितिको संयोजन, काठमाडौं जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ ।

लिगमा पुरुष तथा महिलातर्फ समान पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ । लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले सात अंक र तेस्रो हुनेले तीन अंक पाउने छन् ।

हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायातलगायतका खर्च आयोजकले ब्यहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए ।

प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।  हरेक पटकको लिग सञ्चालनका लागि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रमुख बुढाथोकीले बताए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।