काठमाडौं जिल्लास्तरीय तेक्वान्दो

आयोजक लैनचौर च्याम्पियन

काठमाडौं । आयोजक लैनचौर तेक्वान्दो डोजाङ लैनचौर काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको  छ । शनिबार सम्पन्न प्रतियोगितामा टिम च्याम्पियन बनेको लैनचौरले १२ स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।

लैनचौर खेल मैदानमा भएको प्रतियोगितामा माउन्ट लार्के दुई स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो भएको धर्मस्थलीले दुई स्वर्ण, तीन रजत र सात कांस्य पदक हात पार्यो ।

प्रतियोगताको पुरुषमा लैनचौरका सुगम भुजेल तथा महिलामा कार्भेस्थलीकी जमुना मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजक, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख गौरव रजकले जनाएका छन् ।