चैत्र ९, २०८२ सोमबार | ११:१२:०६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

यु-१८ बास्केटलबलः अन्नपूर्ण लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।

नयाँ बजारस्थित कीर्तिपुर कभर्डहलमा शनिबार भएको फाइनलमा म्याग्दीको अन्नपूर्णले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई ७४-६६ ले पराजित गर्यो। विजयी टोलीका लागि सुजन परियार २९ अंक योगदान गरे । कास्कीको अन्नपूर्णका ओमकार रखालले ३३ अंक जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।

उपाधिसँगै म्याग्दीको अन्नपूर्णले १ लाख रुपैयाँ पाउँदा  उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई संघीय सांसद् एवं युवा तथा खेलकुद पूर्व मन्त्री राजेन्द्र केसी (राजन), बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले  पुरस्कार वितरण गरे ।

फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीले  प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो