चैत्र १३, २०८२ शुक्रबार | २१:२२:४२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

जिल्लास्तरीय क्रिकेट: ह्याल्मो र पाँचपोखरीको विजयी सुरुआत

ह्योल्मो ११

काठमाडौं । पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण शनिबारबाट मुलपानी क्रिकेट मैदान (तल्लो) मा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ह्याल्मो ११ र पाँचपोखरी क्रिकेट क्लबले जित निकालेका छन् ।

दिनको पहिलो खेलमा पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १२७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

ह्याल्मोले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको चौतारा ३८ रनमै समेटियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ह्योल्मो ११ ले निर्धारित २० ओभरमा ४ वीकेट गुमाएर १६५ रनको योगफल तयार पारेको थियो ।

ह्योल्मो ११ का लागि खेलको विनोद तामाङले अविजित ७२ रनको योगदान गरे । यसैगरी नाम्गिल शेर्पाले ३८ रन बनाए ।

दोश्रो खेलमा पाँचपोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई चार विकेटले पराजित  गर्यो ।

 पाँचपोखरी क्रिकेट क्लब

इन्द्रवादीले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पाँचपोखरीले १८-२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।  इन्द्रावतीका लागि शुसन चौलागाई र एकनाथ नेपालले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्द्रावतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । इन्द्रावतीका लागि उमंग घितालले सर्वाधिक २३ रनको योगदान गरे ।

पाँचपोखरीका लागि विजयकुमार धितालले तीन विकेट लिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।  

आइतबार हुने प्रतियोगितानमा चौतार साँगाचोकगढी नगरपालिकाले पाँचपोखरी भोताङ क्रिकेट क्लब तथा इन्द्रावती गाउँपालिकाले मेलम्ची नगरपालिकाको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो