माघ १६, २०८२ शुक्रबार | ०५:१३:४२
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

जिल्लास्तरीय क्रिकेट: ह्याल्मो र पाँचपोखरीको विजयी सुरुआत

ह्योल्मो ११

काठमाडौं । पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण शनिबारबाट मुलपानी क्रिकेट मैदान (तल्लो) मा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ह्याल्मो ११ र पाँचपोखरी क्रिकेट क्लबले जित निकालेका छन् ।

दिनको पहिलो खेलमा पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १२७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

ह्याल्मोले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको चौतारा ३८ रनमै समेटियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ह्योल्मो ११ ले निर्धारित २० ओभरमा ४ वीकेट गुमाएर १६५ रनको योगफल तयार पारेको थियो ।

ह्योल्मो ११ का लागि खेलको विनोद तामाङले अविजित ७२ रनको योगदान गरे । यसैगरी नाम्गिल शेर्पाले ३८ रन बनाए ।

दोश्रो खेलमा पाँचपोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई चार विकेटले पराजित  गर्यो ।

 पाँचपोखरी क्रिकेट क्लब

इन्द्रवादीले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पाँचपोखरीले १८-२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।  इन्द्रावतीका लागि शुसन चौलागाई र एकनाथ नेपालले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्द्रावतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । इन्द्रावतीका लागि उमंग घितालले सर्वाधिक २३ रनको योगदान गरे ।

पाँचपोखरीका लागि विजयकुमार धितालले तीन विकेट लिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।  

आइतबार हुने प्रतियोगितानमा चौतार साँगाचोकगढी नगरपालिकाले पाँचपोखरी भोताङ क्रिकेट क्लब तथा इन्द्रावती गाउँपालिकाले मेलम्ची नगरपालिकाको सामना गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।