लन्डन म्याराथन

लन्डन म्याराथनमा भाग लिन गोपी शुक्रबार बेलायत जाने

काठमाडौं । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार बेलायत प्रस्थान गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ,  नेपालका लागि लि निङको आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले गोपीलाई बिदाइ गरे।

राखेप सदस्यसचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिंदै उनको हवाई टिकट राखेपले उपलब्ध गराउने जानकारी दिएका थिए । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको‌ ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए।

लन्डन म्याराथन वैशाख ९ गते हुनेछ। नवौं धारा नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा‌ सहभागिता निश्चित गरेको हो ।