असार ३०, २०८२ सोमबार | १२:१०:४३
सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी

दीपक र सन्तोषी च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको तेस्रो संस्करणमा च्याम्पियन बनेका छन् ।  च्याम्पियन बनेका छन् । ।

शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।

नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्डका साथ दोस्रो भए । तीर्थ पुनले १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।  । यसैगरी आर्मीका नरेन्द्र रावल चौथो र खडक बहादुर खड्का पाँचौं भए।

महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गरिन् । नेपाल पुलिसकी राममाया बुढा १ घण्टा २१ मिनेट ५६ सेकेन्डका साथ दोस्रो भइन् ।

तेस्रो बनेकी एपिएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यस्तै आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथो र एपिएफकी फुलमती राना पाँचौं स्थानमा रहे । ।

गत वर्ष पनि दीपक नै च्याम्पियन बनेका थिए । सन्तोषीले गत वर्ष भने भाग लिएकी थिइनन् । उनी पहिलो संस्करणको च्याम्पियन हुन ।

हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार  रुपैयौ प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्किएको थियो ।

१० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धामा शीर्ष देखि पाँचौं स्थानसम्म आर्मीकै खेलाडी रहे ।  मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवास कार्की चौथो र श्रीकाश राई पाँचौं भए ।

पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं स्थानमा रहे ।

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की,  विकेश घिमिरे, कृष्ण परियार र आशिष कुमार क्षेत्री शीर्षदेखि पाँचौं स्थान हात पारे ।

ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं भए ।

ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ चौथो र वविता थापाले शीर्ष देखि  पाँचौं स्थान हात पारे ।

नेपाल भेटनरी संघको आयोजनामा भएको प्रतिायोगितामा ७ हजारभन्दा बढीको सहभागिता थियो । 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH