भ्याली फुटसल च्याम्पियनसिप

ललितपुरलाई भ्याली फुटसल च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ ।

कपनस्थित कपअन स्पोटस सेन्टरमा शनिबार भएको फाइनलमा ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ७-२ पराजित गरेको हो ।

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक\एक गोल गरे ।

उपाधिसँगै ललितपुरले २ लाख प्राप्त गर्दा उपविजेता गोकर्णेश्वरले एक लाख पायो ।

प्रतियोगिताकाविजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायतका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो । राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरुमा आन्तरिक छनोट प्रतियोगिता अयोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल चरणमा उपत्यकाका २१ पालिका टोली सहभागी थिए ।