एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एपिएफको विजयी सुरुआत

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

सुरुअती दुई सेट ३०-२८ र २५-२३ ले आफ्नो पक्षमा पारेको एपिएफले त्यसपछिका दुई सेट २०-२५ र १९-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं तथा निर्णायक सेट १५-६ ले आफ्नो पक्षमा पार्दै विजयी सुरुआत गरेको हो ।

जितसँगै एपिएफले २ अंक जोड्यो । हारका बाबजुत आर्मी पनि एक अंक जोड्न सफल रह्यो ।

अब सोमबार एपिएफले गण्डकी प्रदेश र आर्मीले नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।

आइतबार नै सम्पन्न पुरुषतर्फका खेलमा हेल्प नेपालले शैलङ्ग बागढुङ्गा स्पोर्टस क्लब र आर्मीले दावाँली मिलन क्लबलाई समान३-० तथा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेका थिए ।

आइतबार नै हुने महिलातर्फका खेलमा न्यू डायमन्ड युथ स्पोर्टस क्लबले गण्डकी प्रदेश र पुलिसले एभरेस्ट भलिबल क्लबको सामना गर्नेछन् ।