इङ्लिस प्रिमियर लिग

न्युक्यासलको अपराजित यात्रा कायमै

लन्डन । क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको न्युक्यास युनाइटेड इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

यद्धपी प्यालेससँगको बराबरीपछि न्युक्यासलले आफ्नो अपराजित यात्रा १५औं खेलसम्म कायम राखेको छ । जुन क्लब स्वयंमका लागि भने कीर्तिमानी यात्रा हो । 

न्युक्यासल २० खेलमा ३९ अंकसहित तेस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको आर्सनलभन्दा आठ अंक कम हो । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४२, चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३९ र पाँचौ स्थानको टोटनहमको ३३ अंक रहेको छ । आर्सनल र सिटीले एक खेल कम खेलेका छन ।

यता वली वाट्किन्सले अन्तिम समयमा गरेको एक मात्र गोलमा एस्टन भिल्लो साउथहमटनलाई १-० ले पराजित गर्यो । यस सिजतसँगै भिल्ला २० खेलमा २८ अंकसहित ११औं स्थानमा छ । भिल्ला आठौं स्थानको लिभरपुलभन्दा मात्र एक अंकले पछि छ । 

त्यस्तै अन्य खेलमा लेस्टर सिटी र ब्राइटनले २-२ को बराबरी खेल्दा बर्नामाउथ र नटिङघम फरेस्टले १-१ को बराबरी खेले ।