बायर्न म्युनिख

स्विस गोलकिपर यान सोमर बायर्नमा अनुबन्ध

 काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले  स्विस गोलकिपर यान सोमरलाई अनुबन्ध गरेको छ ।

बायर्नले बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया मोन्चेनग्लाडवाखबाट सोमरलाई ९.५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

३४ वर्षीय गोलकिपर सोमरले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् । क्लबले टोलीका कप्तान तथा गोलकिपर म्यानुयल नुयुरको विकल्पका रुपमा सोबरलाई भित्र्याएको हो ।  नुयुरले चोटका कारण सिजनका बाँकी खेल गुमाउने भएका हुन् ।  

‘नयाँ चुनौतीका लागि निकै उत्साहित छु’, सम्झौतापछि सोमरले भने ।

 सन् २०१४ मा मोन्चेनग्लाडवाख भित्रिएका सोमरले क्लबका लागि दुई सय ७२ खेल खेलकेका थिए । यसैगरी उनले स्विजरल्याण्डका लागि ८० खेल खेलेका छन् ।