लिड्स युनाइटेड

कीर्तिमानी मूल्यमा लिड्स भित्रिए रुटर

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब लिड्स युनाइटेडले जर्जिनियो रुटललाई क्लब इतिहासकै कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको छ ।

 लिड्सले जर्मन बुन्डेसलिगाको क्लब होफिनहिमका फ्रेन्च स्ट्राइकर रुटरलाई ३६ मिलियन पाउन्डमा भित्र्याएको हो ।

सन् २०२१ मा फ्रेन्च लिग वानको क्लब रेनेसबाट होफिनहिममा अनुबन्ध भएका २० वर्षिय रुटरले क्लबका लागि ६४ खेलमा ११ गोल गरेका छन्  ।

‘लिड्समा अनुबन्ध हुन पाँउदा म निकै खुसी छु’ रुटरले भने‘आशा छ सबै ठिक हुनेछ ।’

रुटर जनवरी विन्डोमा लिड्स भित्रिने दोसो खेलाडी हुन् । यसअघि लिड्ले अस्ट्रियन बुन्डेसलिगाको क्लब आरबी साल्जबर्गका कप्तान म्याक्स वोबरलाई १० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो  ।