अञ्जनको गोलमा नेपाललाई अग्रता

काठमाडौं, (खेलाडी)- अञ्जन बिष्टको गोलमा नेपालले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । 

आफ्नै सहयात्रीले दिएको ब्याक पास भारतीय गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अञ्जनले बल लिएर गोलमा परिणत गरेका थिए । 

भारतले नेपालमाथि जित हासिल गर्दै वरियताक्रममा सुधार गर्ने उद्देश्यसहित नेपाल भ्रमण गरेको थियो । तर नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म उद्देश्यमा सफल भएन । 

जवकि अञ्जनले विपक्षी रक्षक र गोलकिपरको तालमेल नमिल्दाको फाइदा उठाउँदै नेपाललाई अग्रता दिलाए । 

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल भएको हो । 

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो ।